अशोक पहाडी
चन्द्रपुर,१२ फागुन ।
चन्द्रपुर नगरपालिका वडानं ५ की ३४ बर्षिय प्रेमादेवी गोसाई यतीबेला आधा दर्जन लघुवित्तको पासोमा परेकी छिन् ।
एक बर्ष पहिला मुटु रोगका कारण श्रीमान शंकर गोसाइको मृत्यु भएपछि आधा दजैन लघुवित्तबाट लिएको ऋण तिर्न नसकेपछि अहिले उनले दिनकै लघुवित्तका कर्मचारीको गाली सुन्नु परेको छ ।
आफ्नो नाममा एक घुर समेत जमिन नभएका शंकर गोसाइ बागमती सिंचाई आयोजाको नहरको डिलमा साना घर भनाएर बसेका थिए । उनी राज मिस्त्रीको काम गर्थे । उनलाई मुटु सम्बन्धी रोगले च्यापेपछि लघुवित्तबाट ऋण लिएर उपचारमा खर्च भयो । चार लाख पनि सकियो श्रीमानको समेत ज्यान गएपछि यतीबेला प्रेमादेबीलाई आफ्ना दुई छोरा र एक छोरीको पालन पोषणका लागि हातमुख जोडननै समस्या परेका बेला आधा दर्जन लघु वित्तका कर्मचारीको दिनकै गाली सुन्न उनी बाध्य भएकी छिन् ।
नेशनल लघुवित्त एक लाख,डिप्रोक्स लघुवित्तबाट एक लाख ५० हजार ,आशा लघुवित्तबाट एक लाख ,समता लघुवित्तबाट ७० हजार ,हम सव लघुवित्तबाट ८० हजार ,निरुडे लघुवित्तबाट एक रुपैया उनले ऋण लिएकी थिईन ।
उनले मासिक रुपमा नेशनललाई १३ हजार ,डिप्रेक्सलाई १७ हजार ,आशालाई १० हजार ,समतालाई सात हजार ,हमसवलाई ८ हजार र निरुडेलाई १० हजारमा दरले किस्ता तिर्नुपर्ने अवस्था रहेको छ । दिनको पाँच सयको पनि व्यापार नहुने उनको सानो घुम्ती पसलबाट उनले लघुवित्तको मासिक किस्ता तिर्न नसकेपछि उनी दिनकै लघुवित्तका कर्मचारीको गाली बेईजत्ति सहन बाध्य भएकी छिन् ।
नहर टोलमा समुह बनाएर समूह बनाएर बिभिन्न लघुवित्तले ऋण दिएका थिए । अहिले ऋण तिर्न सक्ने अवस्था नदेखेपछि आधा दर्जन लघुवित्तका कर्मचारी दिनकै घरमा आएर गाली बेईजत्ती गर्ने गरेको उनले सुनाईन । आफुले कुन लघुवित्तमा कति किस्ता बुझाँए भन्ने समेत उनलाई थाहा छैन् । लघुवित्तका कर्मचारीले ऋणीलाई दिनुपर्ने पासबुक समेत आफैले लिएर गएको प्रेमादेबीको भनाइ रहेको छ ।
लघुवित्तका कर्मचारी दिनकै घरमा आएर ऋण तिरेन भने तेरो नागकिरता खारेज हुन्छ ,छोरा छोरीको नागरिकता बन्दैन् ,विद्यालयमा पढन पाउँदैन,पत्रिकामा तीन पुस्ताको नाम छापिन्छ भन्दै तर्साउने गरेको उनको गुनासो छ । पहिला सबै लघुवित्तका कर्मचारी आएर समुह बनाएर ऋण लिन उकासेको र अहिले आएर घरमा बस्नै नदिने अवस्थामा पु¥याएको उनको भनाइ रहेको छ । २०७९ फागुन ११ गतेको तराई एक्सप्रेस दैनिकमा प्रकाशित समाचार ।