चन्द्रपुर,१२ फागुन ।
चन्द्रपुर नगरपालिका वडानं ५ नहर टोलकै सिता देवी दास गाँउमा कसैले मोटर साईकल रोक्यो भने छिमेकीको घर पस्छीन नत्र खेत तीर कुदने गरेकी छिन् ।
३६ बर्षकी दास ८ वटा बिभिन्न लघुवित्तबाट ऋण लिएकी छिन् । सोही ऋणको किस्ता माग्न लघुवित्तका कर्मचारी आँउने गरेकाछन् ।
गाँउमा नयाँ मान्छे आयो भने सिता हिजो आज यसरीनै लुक्ने गरेकी छिन् । बिगत ४ बर्ष देखी साउदीमा रहेका उनका श्रीमानले पनि यतीबेला पैसा पठाउन छाडेपछि उनी नयाँ मान्छे देख्योकी भाग्नु पर्ने अवस्थामा पुगेकी हुन ।
चन्द्रनिगाहपुरको देउराली चोकमा कस्मेटीकको पसल गरेर बसेकी सिला साहको चक्करमा परेर सिता यतीबेला नयाँ मान्छे देख्योकी लुक्न बाध्य हुने गरेकी हुन ।
उनले सहकारी लघुवित्तको ७ हजार ,नेशनल लघुवित्तको २० हजार ,बिजय लघुवित्ततर,७० हजार ,ज्योती लघुवित्तको १३ हजार ,निर्धन लघुवित्तको ५० हजार ,आशा लघुवित्तको ७० हजार ,समाता लघुवित्तको ४० हजार र स्वावलम्बन लघुवित्तको ७५ हजार तिर्नु छ ।
यी सबै लघुवित्तबाट उनले लिएको पैसा सिला साहलाई दिईन् । पहिला पहिला दुई चार किस्ता ती लघु वित्तको किस्ता सिला साहलेनै तिरीन । एक बर्ष पहिला आफ्नो कस्मेटीक पसल बेचेर सिला साह सम्पर्क बिहिन भएपछि आठ वटै लघुवित्तका कर्मचारी उनको घरमा पैसा उठाउन जान थाले ।
केही समय पहिला दुई बर्षमा साउदीबाट घर आएका उनका रामचन्द्र दासले नभएको ऋण टाउकोमा बोकाएको भन्दै सितालाई कुटपिट गरे । मैले कमाएको एक पैसा लघुवित्तको ऋण तिर्दिन भन्दै रामचन्द्र साउदी तिर लागेपछि सिताको समस्या सुरु भएको हो ।
सिलाको ईसारामा पैसा ऋण दिने लघुवित्तका कर्मचारी उनी बेपत्ता भएपछि यतीबेला सिताको घरमा आउने गरेकाछन् ।
श्रीमानले विदेशबाट पैसा पठाउन छाडेपछि ६ वटी छोरी र एउटा छोरा पाल्नका लागि आफु गाँउघरमा कमाउने जाने गरेकी छिन् ।
कमाएर छोरा छोरी पाल्नु की लघुवित्तको किस्ता तिर्नु उनलाई यतीबेला मर्नुन बाच्नुको अवस्था भएको छ । लघुवित्तको ऋणले उनलाई यसरी गाँज्यो कि त्यो पैसा तिर्न नसकेका कारण उनी गाँउमा नयाँ मान्छे देख्योकी लुक्ने गरेकी छिन् ।
८ वटा लघुवित्तको ऋणका कारण आफुलाई श्रीमानले छाड्ने अवस्था आएको उनले दुखेसो पोखिन ।
लघुवित्तबाट लिएको ऋणको ब्याज समयमा चुक्ता गर्न नसकेपछि लघुवित्तले ब्याज पनि सावाँमा जोड्ने गर्छ । यसरी छिटो–छिटो ब्याज समेत सावाँमा जोडिंदै गएपछि आफ्नो ऋण कति पुग्यो ऋणीलाई थाहा हुन छाड्छ । ‘ब्याज पनि सावाँमा जोड्यो भन्छन’ सिता भन्छिन्, ‘ऋण कति पुग्यो भन्ने थाहै छैन । यस्तै अवस्था अहिले सो टोलमा दर्जनो छन् । २०७९ फागुन ११ गतेको तराई एक्सप्रेस दैनिकमा प्रकाशित समाचार ।