चन्द्रनिगाहपुर,१७ चैत । पुर्व पश्चिम राजमार्गको व्यस्त चोक राजमार्गको दाँया बाँया यतीबेला फुटपाथे व्यापारी र ठेला व्यापारीको कब्जामा परेका कारण सवारी दुर्घटनाको खतरा बढदै जाँन थालेको छ ।
राजमार्गको सवारी आवागमन हुने ठाँउ सम्मै ठेला व्यापारीले ठेला लगाउने गरेका कारण सवारी दुर्घटनाको खतरासंगै पैदल यात्रुलाई आवत जावतमा समेत समस्या भएको छ । यस बिषयमा चन्द्रपुर नगरपालिकाले कुनै चासो नदिएको स्थानीयको भनाइ रहेको छ ।
नगरपालिकाले बेला बेलामा फुटपाथ व्यापार हटाउने भन्दै अभियान चलाउने र फेरी सेलाउने गरेका कारण भारतीय मुलका ठेला वाला र फुटपाथे व्यापारीको मनोबल बढ्दै जादा उनीहरुले आफ्नो पसल गाडी गुडने ठाँउमै पु¥याउदा समेत ट्राफिक प्रहरीको ध्यान जान नसकेको स्थानीय युवा प्रभाष थापाले बताए ।