सुनसरी — अपहरण गरेर बन्धक बनाएको र ५० लाख रुपैयाँ फिरौती मागेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । बराहक्षेत्र नगरपालिका–५ बस्ने २९ वर्षीय सन्तोष बस्नेतलाई प्रहरीले पक्राउ गरेको हो ।