गर्भावस्थाको नौ महिना निकै संवेदनशील हुन्छ । यस अवधिभर आमा र बच्चा दुवै स्वस्थ रहन आमाले धेरै कुरामा सावधानी अपनाउनुपर्छ । यसमा खानपानदेखि औषधिसम्मका कुरामा ध्यान दिनुपर्छ । गर्भावस्थामा चिकित्सकको सल्लाहबिना औषधि खानु आमा र बच्चाकै लागि जोखिम हुन सक्छ ।








