२०६९ सालमा तत्कालीन प्रधानमन्त्री डा। बाबुराम भट्टराई एउटा महोत्सवको सिलसिलामा पोखरा पुग्नुभएको थियो । उहाँलाई हामीले भन्यौं, ‘तपाईं फेवातालको किनारमा हुन लागेको कार्यक्रममा हुनुहुन्छ, फेवाताल रोइरहेको छ, यसलाई जोगाइदिनुपर्यो ।’ उहाँले कार्यक्रममा नै संरक्षणमा पहल गर्छु भनेर जानुभयो ।