रौतहट,१४ साउन । मा पछिल्लो समय मोही हकको नाममा भु माफिया सक्रिय हुन थालेकाछन् । सर्वसाधारणलाई दुख दिने नियतका साथ केही माफिले मोही हकको नाममा सर्बसाधारण आतंकीत बनाउने काम गरेका हुन ।
२०२८ सालमै मेही कट्टा भएको जमिनमा आफ्नो मोही हक रहेको भन्दै भु माफिया गिरोहले चन्द्रपुर ८ सन्तपुरका १० जनाको नाममा रहेको जमिनमा मुद्धा दर्ता गराएका छन् ।
चन्द्रपुर ८ घर भएकी ९० बर्षकी लगरीदेवी भन्ने सरस्वती देवीको वारेसमा गुजरा ४ का शेख मेराजुल सहितको भु माफिया गिरोहले १० जना सर्वसाधारणको जमिनमा मोही हक दावी गर्दै मुद्धा दर्ता गराएका हुन ।
माफिया गिरोहले २०२८ सालमै मोही कट्टा भएको जमिनमा मोही हक दावी गर्दै मुद्धा दर्ता गराएपछि सन्तपुरका १० जना सर्वसाधारण त्रसित बनेका छन् । मालपोत कार्यालय गौर रौतहटका एक कर्मचारीका अनुसार मोही कट्ट नभएको जमिनमा मोही लागे आधा जमिन दिनुपर्ने सरकारले नियम लगाएपछि रौतहटमा मोही कट्टा भएको जमिनमा समेत हक दावी गर्दै मुद्धा हाल्ने क्रम बढदो रहेको छ ।
माफिया गिरोहले चन्द्रपुर ८ का रामनाथ दाहाल ,कृष्ण प्रसाद घिमिरे ,नम्रता सापकोटा ,वेदमाइ आचार्य ,नवराज सापकोटा ,चाल प्रसाद सापकोटा ,चन्द्रकुमारी भट्टराई,दिपक सापकोटा ,शुद्धप्रसाद दाहाल र थानेश्वर पहाडीको जमिनमा मोही हकदावी गर्दै मुद्धा गरेका हुन ।








