चन्द्रपुर,१५ साउन ।
जिल्लाको बृन्दावन नगरपालिकाले बिजुलीको महसुल नतिरेर आलटाल गरेको छ । सो नगरपालिकाले सडक बत्तिको मात्र एक रोड ४८ लाख ९६ हजार १ सय ५९ रुपैया २७ पैसा नतिरेको हो । नेपाल बिद्युत प्राधिकरण चन्द्रनिगाहपुर शाखाका प्रमुख धिरेन्द्र यादवले दिएको जानकारी अनुसार सो नगरपालिकाले सडक बत्तिको मात्र नभएर बिगत लामो समय देखी कार्यालयको समेत महसुल नतिरेको हो । बृन्दावन नगरपालिकाको कार्यालय बिजुलीको महसुल ७४ हजार २ सय ९२ रुपैया समेत नतिरेको हो । नेपाल बिद्युत प्राधिकरण चन्द्रनिगाहपुरले सो पैसा तिर्नका लागि पटक पटक ताकेता गरेको भएपनि नगरपालिकाले पैसा तिर्ने तर्फ कुनै चासो नदिएको हो । समयमा बिजुलीको महसुल नबुझाउदा व्याज बढदै जाने र नगरपालिकालाई भार थपिदै जाने छ । ताकेता गर्दा नगरपालिकाले सडक बत्तिको पैसा नतिरेका कारण नेपाल बिद्युत प्राधिकरण चन्द्रनिगाहपुर शाखाले बृन्दावन नगर क्षेत्रका सडक बत्ति र त्यसको तर काटने तयारी गरेको छ । नेपाल बिद्युत प्राधिकरण चन्द्रनिगाहपुर शाखाले बृन्दावन नगरपालिकाको कार्यालयको समेत बिजली काटने तयारी गरेको सो कार्यालयले जनाएको छ । सडक बत्तिको पैसा समयमा नतिर्ने नेपाल बिद्युत प्राधिकरण चन्द्रनिगाहपुर शाखा मातहतका पाँच वटा पालिकाको समेत बिजुलीको लाईन काटने तयारीमा आफुहरु रहेको कार्यालय प्रमुख यादवले जानकारी दिएकाछन् । २०८० साउन १५ गतेको तराई एक्सप्रेस दैनिकमा प्रकाशित समाचार ।