सर्लाही,२३ भदौ । जिल्ला सदरमुकाम मलंगवामा दुई पक्षबीझ झडप हुने सम्भावना देखेपछि स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ ।
अहिले साँझ ५ बजेदेखि (भोलि)आईतबार बिहान ८ बजेसम्म सदरमुकाम मलंगवा बजार क्षेत्रमा कर्फ्यू आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवले जानकारी दिए । शुक्रबार बेलुका कृष्ण जन्माअष्टमीको मूर्ति बिसर्जन गर्नेक्रममा शुक्रबार बेलुका दुई समुदायबीच झडप हुँदा मलंगवा बजार क्षेत्र अशान्त बन्दै गएको छ । स्थिती नियन्त्रण बाहिर जाने स्थिती देखिएकाले स्थानीय प्रशासन ऐेन २०२८ अनुसार कर्फ्यू आदेश जारी गरिएको प्रजिअ यादवले जानकारी दिए ।