अशोक पहाडी
चन्द्रपुर,२४ भदौ

रौतहटको चन्द्रपुर नगरपालिकाका एक किसानले अर्काको खेत भाडामा लिएर तरकारी खेती गरेर राम्रो आम्दानी गर्दै आएकाछन् ।
चन्द्रपुर नगरपालिका वडानं ५ थलाहीटोलका ५१ बर्षका राजेन्द्र महतोले अर्काको एक बिघाह १० कठा जमिन भडामा लिएर लामो समयदेखी तरकारी खेती गर्दै आएकाछन् । महतोले डेड बिगाह क्षेत्रफलमा मौसमी तथा बेमौसमी तरकारी खेती गरेर राम्रै आम्दानी गर्दै आएका हुन ।
सर्लाहीको मुर्तियामा २० बिगाहा क्षेत्रफलमा उखु लगाएका महतोको उखु मिलले नकिने पछि उनको बिल्लीबाठ भएको थियो । २० बिघाह क्षेत्रफलमा रोपेको उखु मिलले समयमा नकिनेपछि उनी आफुसंग भएको सबै सम्पत्ति बिक्रि गरेर सात बर्ष पहिला रौतहटको चन्द्रनिगाहपुरमा आएर खेत भाडामा लिएर तरकारी खेती थालेका हुन ।
उनले सर्लाहीमा समेत अर्काको खेत भाडामा लिएर उखु खेती गरेका थिए । सर्लाहीमा ऋणमा डुबेर रौतहट आएका महतोले अहिले भने तरकारी खेतीबाट राम्रो आम्दानी गरेकाछन् । बिहानको झिसमिसे देखी साँझको अबेर सम्म आफ्नै तरकारी बारीमा काममा ब्यस्त रहने महतोले सात बर्षमा आफुले अनुदानमा केही नपाएको गुनासो गरेका छन् । तरकारी खेती गरेरै महतोले एउटा छोरालाई कम्प्युटर ईन्जिनियर बनाए ,छोरीको बिवाह गरे र एउटा छोरालाई काठमाण्डौको एक निजि कलेजमा पढाउदै आएका छन् ।
तरकारी खेती गरेर महतोले मासिक ७० हजारको हाराहारीमा बचत गर्ने गरेको बताए । चर ,पाँच जना कर्मचारी राखेर उनले उनले व्यावसायीक तरकारी खेती गरेका हुन । उनले अहिले सम्म संघ सरकार ,प्रदेश सरकार र स्थानीय सरकारबाट एक रुपैया अनुदानको पैसाको कुरा त छाडौ ,बिउबिजन समेत पाँउन नसकेको गुनासो गरेकाछन् ।
अनुदानको कुरा त परै जावस बरु उनको तरकारी बारीमा आएर फोटो खिचेर लगेर अनुदान लिने झोले किसानको संख्या देखेर उनलाई दिक्क लाग्न थालेको छ ।
आफ्नो बारीबाट ६० रुपैया किलो परबल लगेर बजारमा व्यापारी ८ देखी ९० रुपैया किलो बेच्ने गरेको महतोले सुनाए । किसान मारमा परेपनि व्यापारी र बिचौलियाले भने कामै नगरी पैसा कमाउने गरेको महतोको भनाइ रहेको छ । तरकारीको बिउ ,किटनासक औषधी र मलखाद्य अभाव र महंगो भएका कारण आफुले छिमेकी मुलुक भारतको घोडासानबाट ल्याउने गरेको बताए ।
चन्द्रनिगाहपुरमा सात बर्ष देखी तरकारी खेती गरेर बसेका महतोलाई नगरपालिका कर्मचारी आएर राम्रो गरेका रहेछौ,मात्र भन्ने गरेको तर कुनै सहयोग नगर्ने गरेको उनको गुनासो रहेको छ ।
केही समय पहिला चन्द्रपुर नगरपालिकाको अनुदानमा एकजनाले आफ्नो बारीमा टंडेल बनाई दिएको र आफुसंग उल्टै ३० हजार मागेको महतोले बताए । ७० हजार पनि नपर्ने टंडेलको बिचौलियाले नगरपालिकाबाट २ लाख निकासा गरेको आफुले सुनेको महतोले बताए ।
बैंकले पनि सक्कली किसान भन्दा झोले किसानलाई सहुलियतको ऋण दिने गरेको उनको भनाइ रहेको छ । मेरै तरकारी बारीको फोटो खिचेर लान्छन अनि सहुलियतको ऋण र स्थानीय तहको अनुदान झोले किसानले लिन्छन् ,महतोले भने । यो कुरा थाहा पाएपछि मैले मेरो बारीमा आएर कसैलाई पनि फोटो खिच्न दिने गरेको छैन्,उनले भने । युवाहरु यतीबेला देशमा रोजगारी छैन भन्दै बिदेश जानु भन्दा आफ्नै खेतबारीमा मेहनत गरे राम्रो आम्दानी गर्न सकिने महतो बताउछन् ।
त्यसैगरी जिल्लाको पूर्वी भेगमा बग्ने बागमतीको बगरमा पनि तरकारी खेती हुन थालेको छ । बागमती किनारका गाउँहरू ब्रह्मपुरी र कटरवन लगायतका गाउँका किसानहरू बगरमा परवल उब्जाएर राम्रो कमाइ गरिरहेका छन् ।
जिल्लाको हजमिनिया, सरुअठा, झुनखुनवा, भेडियाही लगायतका गाउँका किसानहरुले नियमित रुपमा व्यावसायिक तरकारी खेती गर्दै आएका छन् ।
व्यावसायिक तरकारी खेतीले किसानको आय बढाएको छ भने भारतबाट तरकारीको आयात पनि कम गरेको छ । किसानहरूले उब्जाएको तरकारी राजधानी काठमाडौँसम्म पुगिरहेको छ । किसानहरू आफैले पनि उब्जाएको तरकारी काठमाडौँसम्म पुर्याएर राम्रो कमाइ गरिरहेका छन् । २०८० भदौ २४ गतेको तराई एक्सप्रेस दैनिकमा प्रकाशित समाचार ।