रौतहट,१७ असोज । नेकपा एमाले मधेश प्रदेशको अधिवेशन प्रतिनिधि छनौटका लागि रौतहटको गुजरा नगरपालिकामा मतदान भएको छ । सहमति हुन नसकेपछि गुजरामा प्रतिनिधि छनौटका लागि अहिले १ बजेबाट निर्वाचन प्रक्रिया सुरु भएको हो । खुल्ला तर्फ हरिनारायण बन्ठा र हरिबंश मैनाली चुनावी प्रतिष्पर्धामा रहेका छन । युवा तर्फ ईश्वर प्रधान र दिपक चौधरी चुनावी मैदानमा रहेका छन । चुनाव १ बजे बाट सुरु भएको हो । ५ बजे सम्म मतदान प्रक्रिया जारी रहने निर्वाचन अधिकृत दिलिप कोईरालाले बताए । गुजरा नगरपालिकामा नेकपा एमालेका २७७ जना संगठित सदस्य रहेका छन ।