रौतहट,१८ असोज । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री माधव कुमार नेपालले आफुले बनाएको नयाँ पार्टीले दुई बर्षमा ठूलो प्रगति गरेको बताएका छन । मेचि महाकाली समाजवादी जागारण अभियान अन्तर्गत आज रौतहटको चन्द्रनिगाहपुरमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले यो अभियानले पार्टी अझै सुध्रिढ हुने बताए ।
यो अभियानले जनतामा आफुले आशाको लहर देखेको बताउदै अध्यक्ष नेपालले जनताको उपलब्धि हरण गर्न खोज्नेहरुका बिरुद्ध आफ्नो पार्टी शसत्त रुपमा लागेको बताए । उनले धरान घटना ,मलंगवा घटना र नेपालगन्जमा भएको घटनाबाट सबैले पाठ सिकेर होसियार हुन समेत आग्रह गरे । समाजमा सबै मिलेर बस्नु पर्नेमा समाजिक संजालका पछाडि लागेर एक आपसमा नलडन समेत अध्यक्ष नेपालले आग्रह गरे ।
आफ्नो पार्टीले देशको अर्थतन्त्रको नाजुक अवस्थाका विषयमा सरकारलाई ज्ञापनपत्र बुझाएको र फेरि पनि अर्को ज्ञापनपत्र बुझाउने तयारीमा रहेको बताए । पार्टी प्रति बढदै गएको बितृष्णाका चिर्नका लागि समेत आफ्नो पार्टी ले मेचीमहाकाली जागरण अभियान थालेको अध्यक्ष नेपालले बताए ।








