चन्द्रपुर,४ पुस ।
नेपाली कांग्रेसको यहीँ पुष ५ र ६ गते हुन जनकपुरमा गइरहेको मधेस प्रदेश सम्मेलनमा देखा परेको आसणग्रहणको विवाद अझैं टुङ्गीएको छैन् । सो अधिवेशनमा नेपाली कांग्रेसका वरिष्ठ नेता शेखर कोइरालालाई सभापति शेर बहादुर देउवा पछि दोस्रो वरियतामा आसण ग्रहण नगराउने अडानमा मधेस प्रदेश सभापति कृष्णा यादव उभिएपछि विवादले थप उग्र रुप लिदैं गइरहेको छ । सभापति यादवले मधेस प्रदेशका केन्द्रिय सदस्यहरु, सहमहामन्त्री र प्रदेशका पदाधिकारीहरुको मधेस प्रदेश अधिवेशनलाई सफल बनाउन काठमाडौंमा बसेको बैठकमा पनि कुनैपनि हालतमा कोइरालाई दोश्रो वरियतामा आशण ग्रहण नगराउने अडान लिएको नेपाली कांग्रेस उच्च श्रोतले जानकारी दिएको छ ।
बैठकमा केन्द्रिय सदस्य किरण यादवले अन्य प्रदेश अधिवेशनको उदाहरण दिदैं पनि शेखर कोइरालाई अधिवेशनमा बोलाएपछि वरिष्ठ नेताको हैसियतमा आसनग्रहण गराउनाले पार्टी एकताको सन्देश दिने , पार्टीलाई मधेस प्रदेशमा वलियो बनाउन थप बल पुग्ने तर्क राख्दाराख्दै उनलाई बिचैमा रोकेर सभापति यादवले सो प्रस्तावलाई ठाडै अस्विार गरेको श्रोतले बताए । सो बैठकमा सभापति यादवले सबैलाई हर्कादै ठाडै जवाफहरु दिएपछि अन्य बैठकमा उपस्थितहरु हेरेको हेरै भएर चुपचाप बसेको श्रोतको भनाइ छ । किरण यादवको सो प्रस्तावलाई केन्द्रिय सदस्यहरु चन्द्रमोहन यादव , रामकृण्ण यादवले पनि समर्थन गरेका थिए । तर यादवको एकलौटी तान्डवले सबैलाई आच्छुँचाच्छुँ पारेको श्रोतको दावी छ ।
सभापति यादवले मधेस प्रदेश अधिवेशनलाई एकलौटी ढंगले आयोजना गर्न लागिपरेको कमिटीका सदस्यहरुकै गुनासो छ । यादवले कार्यसमितिको बैठककै नराखि आफुखुसी एकपछि अर्को निर्णयहरु गर्दै गइरहेकाले उनको कार्यसमिति भित्रै विरोध भइरहेको छ । उनको एकलौटी कार्यशैली प्रति नेपाली कांग्रेस रौतहटका नेता एवम् मधेस प्रदेश कमिटी सदस्य रविनचन्द्र कोइरालाले सामाजिक संजाल फेसबुकमा सार्वजनिक रुपमै विरोध जनाएका छन् । उनले एक स्टाटस लेख्दै मधेश प्रदेश सम्मेलन सम्बन्धित नियमावली अन्र्तगत कार्यसमितिको बैठक कहिले बस्ने प्रश्न गरेका छन् । नियमावलीको स्क्रिनसट हाल्दै उनले लेखेका छन् , ‘मधेश प्रदेश सम्मेलन सम्बन्धित नियमावलीको धारा १८ (१) ग अन्तरगत प्रदेश कार्यसमितिको बैठकको मिति कहिले हो ? थाहा पाउनुहुने कार्यसमितिका साथीहरू, खबर पाऊं है, एजेन्डा र दस्तावेजहरू बैठक अघिनै पाए अध्ययन गर्ने समय पाईन्थ्यो ! जय नेपाल !’ यसरी सभापति यादवको एकलौटी पाराले मधेस प्रदेश अधिवेशन विवादै विवादको बीचमा हुने छाँटकाँट देखिएको नाम नछाप्ने शर्तमा एक नेपाली कांग्रेसका मधेस प्रदेश सदस्यले बताए