चन्द्रपुर,४ पुस । रौतहट जिल्लामा पर्ने चुरे क्षेत्रमा मकवानपुरले दावी गर्दै आएको छ । अबैध रुपमा चुरेमा बसोबास गरेकाहरुले मकवानपुर र रौतहट दुबै तिरबाट आ आफ्नो मताधिकार प्रयोग गर्दै आएकाछन् । समान्य नियमलाई आधार मान्ने हो भनेपनि चुरेको पानी ढलोभन्दा तल्लो भाग रौतहट जिल्लामा पर्दछ । तर मकवापुर जिल्लाको बकैया गाँउपालिका वडानं १ कै वडा कार्यालय रौतहटको चन्द्रपुर नगरपालिकाको क्षेत्रमा स्थापना भएको छ ।
पानीढलो भन्दा तल रौतहटको चुरे क्षेत्रमा बकैया गाँउपािलकाले पक्की भवननै बनाएर वडा कर्यालय संचालन गर्दा समेत समबन्धीत निकायको ध्यान जान सकेको छैन । चन्द्रपुर नगरपालिका वडानं ३ को गैडाटार भन्दा माथि चादी पारी बकैया गाँउपालिकालिकाले रौतहटकै चुरे क्षेत्रमा पककी ढलान सडक बनाउदा समेत डिभिजन वन कार्यालयले कुनै प्रतिक्रिया दिएको थिएन् ।
डिभिजन वन कार्यालय रौतहटका सुचना अधिकारी बिमल कुमार ठाकुरले मकवानपुर र रौतहटको सिमा बिवादका बिषयमा रौतहटका राजनैतिक दलले चासो दिनुपर्ने बताए । उनले भने हामीले अतिक्रमण हटाउन जाँदा बाधक बन्ने दलहरुले बकैया गाँउापलिकाले रौतहटमा पर्ने पुरै चुरे क्षेत्र अतिक्रमण गर्दा समेत मैन बसेकाछन् ।








