चन्द्रपुर,२६ माघ । नेपाली कांग्रेसका नेता तथा पूर्व प्रधानमन्त्री सुशील कोइरालाको आठौं स्मृति दिवसको अवसरमा सरसफाई कार्यक्रमको आयोजना गरिएको छ।
नेपाली कांग्रेस नगर समितिको आयोजनामा चन्द्रपुर नगरपालिकाको वडा नम्बर ४ र ५ मा पर्ने मुस्लिम टोलमा सरसफाई कार्यक्रमको आयोजना गरिएको हो।
नेपाली कांग्रेस चन्द्रपुर नगर समितिमा आबद्ध नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरूको ठूलो सङ्ख्यामा सहभागिता रहेको सरसफाई कार्यक्रम नेपाली कांग्रेस चन्द्रपुर नगर समितिका सभापति मुकेश गिरीको अगुवाइमा भएको थियो।








