बृन्दावन, २१ माघ । रौतहटको वृन्दावन नगरपालिकामा पछिल्लो समय विकास निर्माणका कार्यहरू तीव्र गतिमा अघि बढिरहेका छन् । नगरप्रमुख विनोदप्रसाद कुर्मी स्वयम् फिल्डमा खटिँदै विकास योजनाहरूको प्रभावकारी कार्यान्वयनमा जोड दिइरहेका छन् ।
यसै क्रममा, आइतबार नगरप्रमुख कुर्मीले वडा नं. ८ आकडपाथरमा निर्माण भइरहेको पानीटंकीको अनुगमन गरेका छन् । चार लाख लिटर क्षमताको सो टंकीको निर्माण कार्य तिरुपति बालाजी निर्माण सेवाले गरिरहेको छ । चार करोड ७८ हजारको लागतमा निर्माण सुरु गरिएको यो परियोजना दुई वर्षभित्र पूरा हुने लक्ष्य राखिएको छ ।
नगरप्रमुख कुर्मीले निर्माणको गुणस्तरप्रति कडा निगरानी राख्दै आएका छन् । स्थानीयवासीको दैनिक आवश्यकतासँग जोडिएको यस महत्वपूर्ण परियोजनाले वृन्दावन नगरवासीलाई पर्याप्त मात्रामा स्वच्छ खानेपानी उपलब्ध गराउने अपेक्षा गरिएको छ ।
नगरपालिकाका अन्य विकास योजनाहरूमा पनि उनले निरन्तर अनुगमनलाई तीव्रता दिइरहेका छन् । यसले निर्माण कार्यहरू गुणस्तरीय, पारदर्शी, र समयमै सम्पन्न हुने सुनिश्चित गरिरहेको छ ।
नगरप्रमुख कुर्मीको नेतृत्वमा वृन्दावन नगरपालिका द्रुतगतिमा समृद्धितर्फ उन्मुख हुँदै गरेको देखिन्छ । स्थानीय जनताले पनि नगरप्रमुखको सक्रिय भूमिका र योजनाप्रति सकारात्मक प्रतिक्रिया जनाइरहेका छन् । यदि यस्तै गति कायम रह्यो भने वृन्दावन नगरपालिका चाँडै नै एक नमुना नगरका रूपमा उभिन सक्नेछ ।
यसै क्रममा नगरप्रमुख कुर्मीले वडा नं-६ स्थित बतहु माविमा निर्माण भइरहेको भवनको काममा समेत चासो देखाएका छन् । सो स्थानमा ठेक्केदार वा अन्य प्राविधिकले गुनस्तरहीन काम नगरोस् भन्ने उदेश्यका साथ नगरप्रमुखले कुर्मी बेलाबेलामा आफै पुगेर हेरचाह गर्ने गरेको सो विद्यालयका प्रधानाध्यापक उपेन्द्र महताले बताए ।