रौतहट,२० माघ । नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन रौतहटका विद्यार्थीहरू बीच भएको झडपको विषयलाई लिएर नेकपा एमाले रौतहटले आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।
अधिवेशनको विषयमा गडुरा स्थित पार्टी कार्यालयमा बैठक बसी बाहिरिने क्रममा विद्यार्थीहरूबीच झडप भएको थियो । सो घटनामा घाइते भएका विद्यार्थी नेताहरूको उपचार र शीघ्र स्वास्थ्य लाभको कामना गर्दै जिल्ला अध्यक्ष सचिदानन्द शाहले घटनामा संलग्न जो कसैलाई पनि कानुनी उपचार गर्नका लागि सम्बन्धित निकायसँग माग गरेका छन् ।
सो घटनामा घाइते भएका विद्यार्थी नेताहरूको उपचारमा जिल्ला पार्टीले कुनै कमी आउन नदिने बताउँदै अध्यक्ष शाहले उनीहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्।
घटनामा संलग्नहरूलाई कारबाहीका लागि सम्बन्धित निकाय समक्ष समेत अध्यक्ष शाहले जोडदार माग गरेका छन् ।