गौर,१७ चैत ।
नेकपा एमाले रौतहटले गणतन्त्रको पक्षमा वृहत् मोटरसाइकल ¥यालीको आयोजना गर्ने भएको छ । पछिल्लो समय राजवादीहरूले बढाएको सक्रियताले गणतन्त्रमाथि खतरा बढेकोले गणतन्त्रको पक्षमा जनसमर्थन जनाउने उद्देश्यका साथ एमाले पर्साले आगामी चैत १८ गते रौतहटमा मोटरसाइकल ¥याली गर्ने भएको हो ।
एमाले रौतहटका अध्यक्ष शचिदानन्द साहले एउटा पत्र जारी गर्दै पार्टीको केन्द्रीय सर्कुलर अनुसार गणतन्त्रको पक्षमा चैत १८ गते दिउँसो १२ बजेदेखि वृहत् ¥याली आयोजना गरिने जानकारी गराएका छन् ।
¥याली गरुडाको श्रीराम सुगर मिल्सबाट निस्कने ¥यालीले चन्द्रनिगाहपुर गौर सडक खण्डमा नारा जुलुस सहित प्रर्दशन गर्ने नेकपा एमाले रौतहटका सचिव बाबुराम दाहाले बताए ।
हादालले ¥यालीमा सहभागिता जनाउनका निमित्त एमाले निकट सङ्गठन तथा कमिटीबाट ¥याली लिएर बिहान साढे ११ बजे गरुडा पुग्न आह्वान गरेका छन् ।
उनले मोटरसाइकलमा आ–आफ्नो जन सङ्गठनको झन्डा राख्न र अनिवार्य रूपमा उपस्थित हुन् पनि आग्रह गरेका छन् ।
“नेकपा एमालेको केन्द्रीय सर्कुलर अनुसार गणतन्त्रको पक्षमा यही मिति २०८१ चैत १८ गते मोटरसाइकल ¥याली रौतहटमा आयोजना हुने हुँदा आ–आफ्नो जन सङ्गठन कमिटीबाट मोटरसाइकल ¥याली लिएर जिल्लाको मध्य भाग गरुडामा बिहान ११ः३० बजे पुग्न र दिउँसो १२ बजेदेखि नगर परिक्रमा गरिने भएकोले अनिवार्य रूपमा बढी भन्दा बढी मोटरसाइकल लिएर आउन निर्देशन को साथ जानकारी गरिन्छ ।
मोटरसाइकलमा आ–आफ्नो जन सङ्गठनको झन्डा अनिवार्य लगाउन जानकारी गराउँछौँ,” जिल्ला अध्यक्ष साहले जारी गरेको पत्रमा लेखिएको छ ।