रौतहट,११ भदौ । माधव नारायण नगरपालिका–२ की २६ वर्षीया रुबीकुमारी साहको हत्यारा पक्राउ परेकाछन् । उनले आफुले आफैंलाई आगो लगाएको अवस्थामा पक्राउ परेका हुन ।
आज बिहान रौतहटको माधबनारायण नगरपालिका वडानं ६ मा एक युवाले आफुले आफैलाई आगो लगाएर छटपटिरहेको सुचनाका आधारमा प्रहरी घटना स्थामा पुग्दा रुबी हत्याका मोष्टवाण्टेड लक्ष्मण पासवन रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । पासवानको गरुडा स्थित वेटर अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ । घटनाको थप अनसन्धान भईरहेको छ ।