काठमाडौं । नेपाली बजारमा सुनको मूल्य निरन्तर नयाँ उचाइमा पुगेको छ।
शुक्रबार प्रतितोला २ लाख रुपैयाँ नाघेको सुन आइतबार थप ३ हजारले बढ्दै २ लाख ३ हजार ६ सय रुपैयाँमा पुगेको थियो। लगातार दुई दिन नयाँ रेकर्ड बनाएको सुन सोमबार पुनः २ हजार रुपैयाँले बढ्दै प्रतितोला २ लाख ५ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यस्तै, चाँदीको मूल्य पनि उकालो लागिरहेको छ। आइतबार प्रतितोला २ हजार ४२५ रुपैयाँमा रहेको चाँदी सोमबार ४५ रुपैयाँले बढेर २ हजार ४७० रुपैयाँमा कारोबार भइरहेको छ।








