रौतहट,२६ भदौ । जिल्ला कारागार गौर रौतहटबाट खुंखार अपराधिहरु फरार भएपछि गाँउगाँउमा त्रास श्रृजना भएको छ । गौर कारागारबाट कारागार भत्काएर भागेका १३ जना कैदीलाई हिजो बिहान सीमा क्षेत्रबाट पक्राउ गरिएको प्रमुख जिल्ला अधिकारी विनोद खड्काले जानकारी दिए । उनका अनुसार एक सय ९१ कैदी रहेको सो कारागारभित्र अहिले ६१ जना छन् ।
खुंखार अपराधिहरु जेलबाट भागेपछि रौतहटको केही गाँउमा त्रासको बाताबरण श्रृजनाभएको स्थानीयले बताएकाछन् ।