रौतहट १८ असोज ।मन्त्रालयले शनिबार जारी गरेको सूचनामा वर्षाका कारण बाढी, डुबान, भू–क्षय लगायतका जोखिम बढ्ने, सडक तथा हवाई यातायात प्रभावित हुने र जनधनको क्षति हुने सम्भावना रहेकाले मानवीय क्षति न्यूनिकरणका लागि विदा दिने उल्लेख गरिएको छ।

यस अवधिमा अत्यावश्यक सेवा तथा विपद् व्यवस्थापन सम्बन्धी कार्यालय भने खुला रहने मन्त्रालयले जनाएको छ। साथै, सर्वसाधारणलाई असुरक्षित यात्रा नगर्न, सुरक्षित स्थानमा रहन र सतर्क रहन अनुरोध गरिएको छ।

मन्त्रालयले रेडियो, टेलिभिजन, अनलाइन सञ्चार माध्यम र सामाजिक सञ्जालमार्फत् लगातार अद्यावधिक जानकारी लिन पनि आग्रह गरेको छ।

–– तराई एक्सप्रेस दैनिक