रौतहट १९ असोज । पूर्व पश्चिम महेन्द्र राजमार्गको चन्द्रनिगाहपुरदेखि बागमतीसम्मको सडक खण्डमा खाल्डै खाल्डा भएका कारण सवारी दुर्घटनाको जोखिम बढेको छ । टालटुल गरिएको सडकमा खाल्डाखुल्डी भएका कारण सवारी साधनलाई आवागमनमा समस्या भएको स्थानीय बासिन्दाले बताएका छन् । सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरले खाल्डाखुल्ली भएको स्थानमा नपुरेका कारण सवारी दुर्घटनाको खतरा बढ्दै जान थालेको चन्द्रपुर २१ स्थानीय बासिन्दा शुभकामना पौडेलको भनाइ रहेको छ ।

तीव्र गतिमा गुड्ने सवारी साधनहरूलाई कहाँ खाल्डा छ भन्ने थाहा नहुँदा दुर्घटनाको जोखिम बढेको स्थानीयको भनाइ रहेको छ । दुर्घटनाको जोखिम बढ्दै गएको भएपनि सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरले त्यसतर्फ ध्यान नदिएको स्थानीय बासिन्दाको गुनासो रहेको छ।