रौतहट, १९ असोज ।
गढीमाई नगरपालिका–५ बागमती नदी किनारमा दाउरा निकाल्ने क्रममा एक वृद्ध बागमती नदीले बगाएका छन् । अन्दाजि ६५ वर्षीय बिगन राय यादवलाई आज दिउँसो नदीले बगाएको हो ।
स्थानीय बासिन्दा र सशस्त्र प्रहरी बल सन्तपुरको टोलीले त्वरित उद्धार गरी उनलाई अस्पताल पुर्याएको छ । उद्धारपछि यादवलाई गढीमाई नगरपालिका–१ स्थित भरत मेडिकलमा उपचारका लागि भर्ना गरिएको प्रहरीले जनाएको छ ।
घटनापछि प्रहरीले नदी किनारमा दाउरा निकाल्न गएका अन्य व्यक्तिहरूलाई सतर्क रहन आग्रह गरेको छ । हाल वृद्ध यादवको स्वास्थ्य अवस्था स्थिर रहेको जनाइएको छ ।








