रौतहट, १९ असोज ।
बाढीले बगाएर ल्याएका दाउरा टिप्ने क्रममा रौतहटको माधवनारायण नगरपालिका–८ की ७५ वर्षीया पन्मा देवी रायको बागमती नदीमा डुबेर मृत्यु भएको छ।
इलाका प्रहरी कार्यालय पिपरारजवडाका अनुसार आज बिहान करिब ९ः३० बजे घरदेखि करिब दुई किलोमिटर उत्तर–पूर्वतर्फ पर्ने बागमती नदीमा दाउरा टिप्ने क्रममा उनी नदीमा डुबेकी हुन्।
घटनापछि स्थानीयवासी र प्रहरीको सहयोगमा मृतकको शव नदीबाट निकालिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी राजु कार्कीले जानकारी दिएका छन्।








