नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आज पत्रकार भेटघाट गर्दै छन्। जेनजी आन्दोलनपछि सत्ताच्युत भएका ओलीले पहिलोपटक पत्रकारहरूलाई बोलाएर आफ्नो धारणा सार्वजनिक गर्न लागेका हुन्।

पत्रकार भेटघाट कार्यक्रम दिउँसो १ बजे होटल ए वान भेन्यू, कोटेश्वर चोकमा आयोजना गरिएको छ। यसअघि उक्त पत्रकार सम्मेलन ललितपुरको रामबाग महलमा हुने भनिएको थियो, जहाँ एमाले केन्द्रीय कमिटीको बैठक पनि सम्पन्न भएको थियो।

शुक्रबार सम्पन्न केन्द्रीय कमिटी बैठकको समापनमा ओलीले घुमाउरो तरिकाले विद्या भण्डारीको सदस्यता नवीकरणका विषयमा सकारात्मक संकेत दिएका थिए। त्यसपछि फरक मत राख्दै आएका इतर पक्षका नेताहरूको तयारी भने रोकिएको बताइएको छ।