रौतहट, १६ कार्तिक । छठ पर्व र लगातारको झरी वर्षा सकिएसँगै आइतबारदेखि खुलेको जिल्ला प्रशासन कार्यालय रौतहटमा राहदानी (पासपोर्ट) बनाउन आएका सेवाग्राहीहरूको भीड लागेको छ ।
कार्यालय खुलेको पहिलो दिनदेखि नै पासपोर्ट बनाउने सेवाग्राहीहरूको लामो लाइन लागेको छ । बिहानैदेखि लाइनमा उभिएका सेवाग्राहीहरूलाई आवेदन दर्ता र बायोमेट्रिक प्रक्रिया पूरा गर्न घण्टौँ पर्खिनुपरेको छ । विदेश जान चाहने युवाहरू विशेष रूपमा लाइनमा देखिएका छन् ।








