रौतहट,१८ कार्तिक । रौतहटको चन्द्रपुर नगरपालिकामा म्याद गुज्रिएको भ्याक्सिन फेला परेको छ । बालबालिकालाई लगाइने जापानीज एनसी फ्लाइटिस नामक भ्याक्सिन म्याद गुज्रिएको अवस्थामा फेला परेको हो । वडा नम्बर ९ को रुमरिया स्वास्थ्य चौकीले बालबालिकालाई लगाउनका लागि ठिक्क पारेको अवस्थामा सो म्याद गुज्रिएको भ्याक्सिन फेला परेको वडा अध्यक्ष नवराज देवकोटाले बताए । चन्द्रपुर नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख राजेशकुमार ठाकुरको चरम लापरवाहीका कारण बालबालिकालाई लगाउनका लागि पठाइएको जापानिज एनसिपलाइटिस भ्याक्सिन म्याद गुज्रिएको अवस्थामा फेला परेपछि डुमरियामा आज भ्याक्सिन लगाउने कार्यक्रम बन्द गरिएको वडा अध्यक्ष देवकोटाले बताए । चन्द्रपुर नगरपालिकाका नगरप्रमुख सञ्जयकुमार काफ्लेले म्याद गुज्रिएको भ्याक्सिन पठाउन लगाउने स्वास्थ्य शाखा प्रमुख ठाकुरमाथि कारबाही प्रक्रिया अगाडि बढाउने जानकारी दिएका छन् ।








