रौतहट, १९ मंसिर ।
जेन–जि आन्दोलनका क्रममा रौतहटको चन्द्रनिगाहपुरमा भएको आगजनी घटनामा संलग्न ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बिक्की पाण्डे, दीपक बस्नेत र हरिनारायण चौधरी रहेका छन् ।

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी रुपा लावुंगका अनुसार आन्दोलनको समयमा भएको आगजनी घटनाको अनुसन्धानका क्रममा उनीहरूलाई पक्राउ गरिएको हो । हाल तीनै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

आन्दोलनका क्रममा सार्वजनिक तथा निजी सम्पत्तिमा क्षति पुगेको थियो । घटनामा संलग्न अन्य व्यक्तिहरूको पनि खोजी भइरहेको र कानुनी प्रक्रिया अघि बढाइने डिएसपी लावुंगले जानकारी दिइन् ।