वीरगन्ज, १७ मंसिर
जिल्ला प्रशासन कार्यालय पर्साले जिल्लाका सीमा नाकामा कडाइ गरेको जनाएको छ। प्रशासनले सुरक्षा सतर्कता बढाउँदै नेपाल–भारत सीमामा अवैध प्रवेश रोकिने गरी निगरानी थप कडा पारेको हो।

बुधबार एक सूचना जारी गर्दै प्रशासनले परिचय नखुलेका व्यक्तिहरू अवैध रूपमा जिल्लाभित्र पस्न सक्ने भन्दै सुरक्षा व्यवस्था कडा गरिएको जनाएको छ।

जिल्लाभित्र कुनै शंकास्पद व्यक्ति देखिएमा नजिकको सुरक्षा निकायलाई तुरुन्त खबर गर्न आग्रह गरिएको छ।

त्यसैगरि, परिचय नखुलेका व्यक्तिलाई घरमा बस्न नदिन, कुनै कामकाजमा नलगाउन र सावधानी अपनाउन पनि प्रशासनले सबैलाई अनुरोध गरेको छ।