रुपेन्द्र पटेल ३१ असार,रौतहट / केही दिनदेखिको अविरल वर्षाका कारण रौतहट लगाएत मध्य तराईमा तरकारीको भाउ बढेको छ । बाढी पहिरोका कारण सडक यातायातमा असर पुगेपछि ढुवानीमा समस्या तथा भारी वर्षाले तरकारी खेतीमा पु¥र्याएको असरका कारण तरकारीको भाउ बढेको हो । भारतबाट आउने तरकारीमा पनि विषादी परीक्षणको विषयमा तनाव भएपछि स्थानीय तरकारी मात्र बजारमा आपूर्ति हुदा भाउ बढेको हो । …

पहिलोको तुलनामा पछिल्लो समय चन्द्रनिगाहपुर,गौर,गरुडा लगाएतका स्थानमा तरकारीको मुल्य आकाशियको हो । किसानले खेतमा फलाएको तरकारी बजार सम्म आउन नसक्ने अवस्था रहेको बाहिरबाट समेत जिल्लामा तरकारी नआएका कारण तरकारीको भाउ बढेको स्थानीय ब्यापारीहरुले जानकारी दिएका छन् । मकवानपुरको बिभिन्न स्थान र सर्लाहीबाट आउने तरकारी समेत बजारमा नआएका कारण मुल्य बढेको हो । तरकारीको भाउ घटन अझै केही समय लाग्ने चन्द्रनिगाहपुरका तरकारी ब्यापारीहरुको भनाइ रहेको छ ।तरकारीको मुल्य आकाशियपछि तरकारी किनेर खान समेत समस्या पर्दै आएको चन्द्रनिगाहपुरकी बिमला चौधरीले बताईन् ।