चन्द्रपुर,१० बैशाख । रौतहट जिल्लाको चन्द्रपुरमा सरकारी राहताबाट बन्चित रहेकाहरुलाई नेपाली काग्रेसका युवा नेता मुकेश गिरी सहितको टोलीले राहत बितरण गरेको छ ।
नगरिकता नभएका ,दैनिक ज्यालादारी गरेर जिविका चलाउदै आएका ,असाहयहरुलाई गिरी सहितको समुहले आफैले राहत संकलन गरेर घरघरमा लगेर बितरण गर्दे आएको छ । नेपाली काँग्रेस रौतहटका नेता तथा सांसद देव प्रसाद तिमलसिना सहितले राहत संकलन गरेर घरघर पु¥याउदै आएको छ । चन्द्रपुर नगरपालिकाको राहत लिष्टमा नपरेकाहरुलाई सो समुहले राहत बितरण गर्दे आएको स्थानीय युवा नेत्र कुस्वारले बताए ।
सो टिमले आज चन्द्रपुरको मुख्य चोकमा रहेका तीनजना यातायात मजदुरलाई राहत स्वरुप ,चामल ,दाल तथा स्वाइविन बितरण गरेको थियो ।