अशोक पहाडी
रौतहट,८ जेठ ।
जिल्लाका सामुदायीक विद्यालय बन्द भएको दुई महिना बढीभयो । विद्यालय खुल्ने छाटकाँट छैन् । लकडाउनका कारण विद्यालय बन्द भएपछि रौतहट जिल्लाका सामुदायीक तथा निजी विद्यालयमा अध्यान गर्ने विद्यार्थीको भबिष्य अन्यौलमा परेको चन्द्रपुर ५ का अभिभावक बिष्णुलाल श्रेष्ठले बताए ।
विद्यालय खोल्ने बिषयमा अहिले कुनै तयारी नभएको र बैकल्पीक माध्यमबाट पढाउने बिषयमा समेत कुनै ध्यान नभएको गौर नगरपालिकाका प्रमुख अजय गुप्ताले बताए । अनआइनका माध्यमबाट नगरपालिकाका सामुदायीक तथा निजी विद्यालयका विद्यार्थीलाई पढाउनेकी भन्ने बिषयमा कुरा हुदै थियो ,फेरी जिल्लामा कोरोना संक्रमितको संख्या बढदै जान थालेपछि ध्यान यता मोडियो अव लकडाउन नखुली गौर नगरपालिकाका विद्यालयमा पठन पाठन हुने समभावना छैन,गुप्ताले भने ।
अनलाइनका माध्यमबाट पढाउनका लागि समेत सबैको घरमा ईन्टरनेटको सुभिदा नभएकाले समस्या भएको चन्द्रपुर नगरपालिकाको शिक्षा शाखा प्रमुख दिपेन्द्र मण्डलले बताए । शिक्षकहरुका लागि भने नयाँ पाठ्यक्रमका लागि अनलाईनका माध्यमबाट तालिम दिने तयारी भएको गुप्ताले बताए ।
चन्द्रपुर नगरपालिकाले शिक्षकहरुको एक टिम बनाएर स्थानीय एफएम रेडियोबाट क्लास संचालन गर्नेकी भन्ने बिषयमा छलफल भएको शिक्षा शाखा प्रमुख मण्डलले जानकारी दिएका छन् । विद्यालय नखुलेका कारण आफु अन्यौलमा परेको र पहिला पढेका कुरा समेत बिर्सने अवस्थामा पुगेको दुर्गा माध्यमिक विद्यालय चन्द्रनिगाहपुरमा कक्षा ९ मा पढने बिबिका श्रेष्ठले बताइन् ।
पहिलाकै परिक्षालाई आधार मानेर जिल्लाका निजी तथा सामुदायीक विद्यालयहरुले रिजल्ट समेत निकालेको अवस्थामा नयाँ किताव किन्न समेत समस्या परेको विद्यार्थी श्रेष्ठले बताईन् ।
विद्यालय बन्द भएका कारण जिल्लाका ग्रामिण भेगका विद्यार्थीहरु अभिभावकलाई घर खेतको काममा सघाउन ब्यस्त रहेका छन् भने बजार क्षेत्रका बालबालिका दिनभर मोवाईलमा ब्यस्त रहने गरेको अभिभावकहरुको भनाइ रहेको छ ।