रुपेन्द्र पटेल
रौतहट, २९ साउन ।
रौतहटको चन्द्रपर बिहिबार सुनसान देखिएको छ । चन्द्रपुरको समुदायस्तरमा कोरोना संक्रमित पुष्टि भएपछि चन्द्रपुरका स्थानियमा त्रास उत्पन्न भएको छ । गत शनिबारदेखि रौतहट जिल्लामा नै निषेधाज्ञा जारी गरेको भएपनि चन्द्रपुरका स्थानियले अटेर गर्दै घर बाहिर घुम्न निस्कने गरेका थिए । तर बिहीबार बिहानैदेखि चन्द्रपुर नगर क्षेत्रका नागकिहरु चोक बजारमा देखिएका छैनन् । चन्द्रपुर चोक बजार लगायतका क्षेत्र अहिले सुनसान रहेको छ । ब्यापारीहरु स्वयमले भित्रि ढोका खोलेर कन्ट्याकको आधारमा ब्यावसाय समेत गर्दै आएका ब्यापारीहरु बिहीबार भने कोही देखिएका छैनन् । सुरक्षा निकायका खटिएका प्रहरीहरुले पनि कडाइका साथ गस्ति गरिरहेका छन । चन्द्रपुरको कोरोना संक्रमित क्षेत्रमा नागरिकलाई अन्य गाउँ टोलमा समेत आवतजावत गर्न कडाइ गरिएको छ । चन्द्रपुर—३ गैडाटार प्रबेशमा समेत निषेध गरिएको छ । गैडाटार प्रबेशद्धार चादी नदीमा अस्थायी प्रहरी पोष्ट गैडाटारका प्रहरीहरु तैनाथ गरिएको छ । त्यसैगरि जुडिबेला , फुलबारी , पौराइ , सिन्धेरेघारी, नजरपुर लगायतका गाउँ प्रबेशमा समेत निगरानी बढाइएको छ । स्थानियस्तरमा नै कोरोना त्रासका कारण गाउँघरमा समेत सुनसान देखिएको छ । समयमा नै आम नागरिक सचेत रहन सकेको खण्डमा चन्द्रपुरमा कोरोना संक्रमणमुक्त बनाउन सकिने युवा नरेश लामिछानेको दावी रहेको छ । कोरोना लागेका नागरिकलाई हेरिने सामाजिक दुष्टिकोण परिवर्तन गराउनु पर्नेमा उहाले जोड दिनु भयो । कोरोना एक महामारी रोग हो । कोरोना लागेका ब्यक्तिलाई समाजका आफ्नै आफन्तले सामाजिक बहिष्कार गर्ने खालका ब्यावहार देखाउने हुँदा यसले कोरोना संक्रमितको मनोबल घटने हुदा उनीहरुलाई सम्मानका साथ सुरक्षित राख्ने तर्फ आम नागरिकले ध्यान दिनु पर्नेमा चन्द्रपुरका बुद्धिजिविहरुले सुझाव दिएका छन ।

