गौर, ७ भदौ । समुदायस्तरमै कोरोना संक्रमन बढ्न थालेपछि रौतहटमा निषेधाज्ञाको म्याद थप गरिएको छ । स्थानिय प्रशासन कार्यालय रौतहटले गत साउन २४ गतेदेखि लागु गरिएको निषेधाज्ञा भदौ ७ गते सकिदै छ । तर पछिल्लो समय रौतहटमा कोरोना संक्रमितको संख्या बढदै गएपछि प्रशानले निषेधाज्ञाको म्याद भदौ १४ गते राती १२ बजे सम्मका लागी थप गरिएको हो । थप गरिएको निषेधाज्ञाको अवधिमा आम नागरिकहरुलाई अति आवश्यक उपाभोग्य खाध्यान सामग्रीको आपूर्तीलाई सहज बनाउन र खाध्यान तथा निर्माण सामग्रीको पसल तोकिएको समयमा खुल्न दिने जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ । प्रत्येक दिन विहान ७ बजे देखि विहान ११ बजे सम्म मात्र शर्तहरुको पूर्ण पालना गरी खोल्न दिने निर्णय भएको प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवद्धारा जारी हस्ताक्षरित सूचनामा उल्लेख छ । बिक्रेता तथा आम उपभोग्तmाहरुले स्यानीटाईजर, मास्क तथा पंञ्जाको अनिवार्य प्रयोग गर्ने, मास्क नलगाई आउने उपभोतmालाई माल समान विक्रि बितरण नगर्ने , अनिवार्य रुपमा भौतिकदूरी कायम गरी बिक्रि बितरण गर्ने शर्त राखेको छ । यता बैक तथा बित्तिय संस्थाहरु प्रत्येक दिन विहान ७ बजेदेखि विहान ११ बजेसम्म र भौतिक निर्माणका कार्यहरु नेपाल सरकारद्धारा जारी स्वास्थ्य सुरक्षा सम्वन्धि मापदण्डको पूर्ण पालना गरी गराई संचालन गर्ने , निर्माण सामग्री ढुवानी तथा खाध्यान सामग्री ढुवानीमा पनि स्वास्थ्य सुरक्षा सम्वन्धि मापदण्डको पालन गरी गराई संञ्चालन गर्ने र बैक तथा बितिय संस्थाहरुको सेवा लिन तथा खाध्यन्न सामग्रीहरुको खरिद गर्न जाँदा उपभोतmाले सवारी साधनको प्रयोग गर्न नपाईने जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।