रौतहट, भदौ ८। रौतहटको गौर–सिर्सिया सडकखण्ड अन्तर्गत मुडवलवा गेट नजिक शनिबार राति फेला परेको शंकास्पद सुटकेशबाट महिलाको शव बरामद भएको छ ।
सडक किनारमा भेटिएको सुटकेश डोरीले कस्सिएको अवस्थामा रहेको र त्यसभित्र महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
रातीबाटै घटनास्थलमा नेपाल प्रहरी प्रहरी र सशस्त्र प्रहरी बल परिचालन गरिएको थियो । सुटकेशमा महिलाको शव फेला परेपछि घटनाको थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी नेत्रमणी गिरीले जानकारी दिए ।