३ साउन, काठमाडौं । एसिया कप क्रिकेटमा नेपालले आफ्नो पहिलो खेल पाकिस्तानसँग खेल्ने भएको छ । प्रतियोगिता आयोजक एसियन क्रिकेट काउन्सिल एसीसीले सार्वजनिक गरेको खेल तालिका अनुसार नेपाल र पाकिस्तानबीचको खेल अगस्ट ३० मा मुल्तानमा हुने छ ।