काठमाडौं । गौर घटना भएको १७ वर्ष बित्दा पनि पीडित परिवारले न्याय पाउन सकेका छैनन् । यतिमात्र होइन, गौर घटनालाई लिएर अहिले पनि राजनीतिक आरोप–प्रत्यारोप चलिरहेको छ । विभिन्न राजनीतिक दलदेखि लिएर राष्ट्रिय मानव अधिकार आयोगलगायतका संघसंस्थाले पनि गौर घटनाको बारेमा चासो लिँदै आइरहेका छन् ।