रौतहट,८ मंसिर । चन्द्रनिगाहपुर स्थित थलाहिटोलमा बृहत संस्कृतीक कार्यक्रम सम्पन्न भएको छ ।
राई दनुवार सास्कृतीक विकास केन्द्र नेपाल रौतहटको आयोजनामा भएको सास्कृतीक कार्यक्रमको चन्द्रपुर नगरपालिका वडानं ५ का वडा अध्यक्ष निलहरी कोईरालाले पानासमा दियो बालेर उदघाटन गरेका थिए ।
राई दनुवार समुदायको मौलिक चाड ठुलो एकादसीको अवसरमा बिहिबार भएको कार्यक्रममा चन्द्रपुर नगरपालिका वडानं ६ का वडा अध्यक्ष सहदेव केसी ,क्रान्तिकार कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा राई दनुवार सास्कृतीक विकास केन्द्रका संरक्षक कुमार राई ,लगाएको उपीसथती रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथि वडा अध्यक्ष निलहरी कोईरालाले सबै जात जाती र समुदायले आफ्नो पहिचानका लागि र कला संस्कृती जोगाउन लाग्नुपर्ने धारणा राखेका थिए ।
वडा अध्यक्ष कोईरालाले आफ्नो तर्फबाट राई दनुवारको भाष र संस्कृती रक्षाका लागि सक्दो सहयोग गर्ने बचन समेत दिएका थिए ।
उदघाटन समारोहलाई सम्बोधन गर्दै क्रान्तिकार कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा राई दनुवार सास्कृतीक विकास केन्द्रका संरक्षक कुमार राईले आफुहरुको भाष ,कला ,संस्कृतीको रक्षाका लागि आफुहरुले यस्ता खाले कार्यक्रमको आयोजना गरेको जानकारी दिएका थिए ।
सो कार्यक्रममा गायक सुर्य कमल राईले बिभिन्न गित मार्फत सहभागिहरुलाई मनोरंजन दिएका थिए । गायक राई सहितका कलाकारले आ आफ्नो प्रस्तुतीबाट दर्शकलाई मनोरंञ्जन दिएका थिए ।
चर्चित हाँस्य कलाकार घनश्याम एन्टीनाले आफ्नो प्रस्तुती मार्फत दर्शकलाई मनोरंञ्जन दिएका थिए ।
कार्यक्रममा चलचित्र निर्दैशक रमेश राई दनुवारले राई दनुवारको कला संस्कृती र भाषा जोगाउनका लागि सबै एक भएर लाग्नुपर्नेमा जोड दिएका थिए । ,डान्सर तथा गायिका रितिका जिरेलले पनि आफ्नो प्रस्तुती मार्फत दर्शकलाई मनोरंञ्जन दिएका थिईन ।
कार्यक्रममा स्थानीय कलाकारले समेत आ आफ्नो प्रस्तुती मार्फत मनोरंञ्जन दिलाउने काम गरेका थिए । आफ्नो कला र भाषाको संरक्षणका लागि यस्तो कार्यक्रम चन्द्रपुरमा भएको हो ।