चन्द्रपुर,२८ मंसिर ÷
नेपाल निजामती कर्मचारी संगठन रौतहटको अध्यक्षमा चन्द्रपुर नगरपालिकाका लेखा अधिकृत तारा प्रसाद निरौला चयन भएका छन् ।
नेपाल निजामती कर्मचारी संगठन रौतहटको शनिबार चन्द्रनिगाहपुरमा भएको जिल्ला भेलाले निरौलालाई सर्बसम्मत जिल्ला अध्यक्षमा चयन गरेको हो ।
नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय उपाध्यक्ष तथा प्रदेश २ का अध्यक्ष नौतन पोख्रेलको प्रमुख आतिथ्यतामा भएको जिल्ला भेलाको अध्यक्षता संगठनकी जिल्ला उपाध्यक्ष रिङकी कुमारी जयसवालको अध्यक्षतामा भएको थियो ।
संगठनको जिल्ला सचिवमा खडक कुमार मैनाली पसु सेवा कार्यालय चन्द्रनिगाहपुर चयन भएका छन् ।
त्यस्तै कोषाध्यक्षमा अनवारुल हक ,सदस्यमा उमेश चौधरी ,सुनिल ठाकुर ,सगिर आलम मिया सिशध्यान यादव ,कुन्ता दाहाल ,तरा सापकोटा र देवकी कुमारी तिमलसिना चयन भएका छन् ।
जिल्ला कमिटिमा चयन भएका सबैलाई प्रमुख अतिथि पोख्रेलले बधाई तथा शुभकामना दिएको जिल्ला सचिव मैनाललीले जानकारी दिएका छन् ।