ओम प्रकाश यादव पुस २ , रौतहट । समाजवादी पार्टीका केन्द्रिय सदस्य एवं प्रदेश नं २ को भुमि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री योगेन्द्र यादवले गृह जिल्ला रौतहटमा आज हजारौ महिलाहरुलाई समाजवादी पार्टीमा प्रवेस गराएका छन । गरुडा नगरपालिका वडा नं १ जयनगरमा आज बुधवार आयोजित एक कार्यक्रमका बिच कृषि राज्य मन्त्री यादवले करिव एक हजार महिलालाई समाजवादी पार्टीमा प्रवेस गराएका हुन । आयोजित कार्यक्रममा पार्टी प्रवेस गर्ने महिलाहरुको लर्को नै लागेको थियो । पार्टी प्रवेस गर्ने महिलाहरुलाई मन्त्री यादवले पार्टीमा स्वागत गर्नुभएको छ । गरिव, दलित, असाहाय, महिला, वृद्धवृद्धा, मुस्लिम लगाएतको एक मात्रै पार्टी समाजवादी पार्टी नै रहेको भन्दै नेकपा, कांग्रेस, राजपा लगाएतका पार्टी परित्याग गरी महिलाहरु सामुहिक रुपमा नै समाजवादी पार्टीमा प्रवेस गरेका छन ।