राैतहट,१३ साउन । आज बिहानै देखि राैतहट सहित देशकाे विभिन्न स्थानमा पार्नी परिरहेकाे छ । धेरै दिन पछि वर्षा हुँदा राहत महसुस भएको छ । किसानहरूले राहत पाएका छन् । पानी नपर्दा किसानहरू लाई समस्या उत्पन्न भएको थियाे ।
हाल नेपालमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि सामान्य बदली रही कोशी, बागमती र मधेश प्रदेशका पश्चिमी भु-भागका केही स्थानहरू र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।







