जेनजीमा जारी आन्दोलन क्रममा प्रहरीले चलाएको गोली लागेर एक प्रदर्शनकारीको मृत्यु भएको छ।
आन्दोलन अनियन्त्रित बनेपछि प्रहरीले गोली चलाएको हो। गोली लागेका एक प्रदर्शनकारीलाई गम्भीर घाइते अवस्थामा सिभिल अस्पताल पुर्याइएपनि उपचारका क्रममा उनको मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ।
प्रहरी स्रोतका अनुसार गोली लागेका अर्का एक प्रदर्शनकारीको अवस्था गम्भीर छ भने अन्य केही घाइतेलाई पनि अस्पताल लगिएको छ।








