नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’की छोरी गंगा दाहालले पार्टी सचिवालयबाट राजीनामा दिएकी छन्। सोमबार फेसबुकमार्फत उनले राजीनामाको घोषणा गर्दै निरन्तर आफूलाई देखाएर प्रचण्ड र पार्टीविरुद्ध योजनाबद्ध प्रहार भइरहेको कारण जिम्मेवारी छोडेको बताइन्।

दाहालले लेखेकी छन्, “ऐस्तो अवस्थामा सचिवालयबाट बाहिरिँदा नै बुवा, पार्टी र आन्दोलनका लागि उचित ठानें।” उनले आफू आजीवन पार्टीमा क्रियाशील रहने बताउँदै सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरेकी छन्।