रौतहट १५ मङ्सिर । नेकपा (एमाले) को ११औं राष्ट्रिय महाधिवेशनका लागि रौतहट जिल्लाका चारै निर्वाचन क्षेत्रबाट प्रतिनिधि चयन भएका छन्। जिल्लाका विभिन्न क्षेत्रहरूबाट खुल्ला, महिला तथा युवा कोटाका प्रतिनिधिहरू निर्वाचित तथा सर्वसहमति रूपमा चयन भई महाधिवेशनमा सहभागी हुने भएका हुन्।
रौतहट क्षेत्र नं. १ : पाँच प्रतिनिधि निर्वाचित
क्षेत्र नं. १ बाट खुल्ला, महिला र युवा गरी पाँच जना प्रतिनिधिहरू निर्वाचित भएका छन्।
निर्वाचित प्रतिनिधिहरू:
बबन सिंह – खुल्ला
सचिदा नन्द साह – खुल्ला
संजीव यादव – युवा
पावन देवी – महिला
सरस्वती देवी – महिला
रौतहट क्षेत्र नं. २ : सर्वसहमति प्रतिनिधि चयन
क्षेत्र नं. २ मा खुला, महिला र युवा कोटाबाट सर्वसहमति प्रतिनिधिहरू चयन गरिएको छ।
चयन भएका प्रतिनिधिहरू:
जयचन्द्र प्रसाद पटेल – खुल्ला
गौरीशंकर प्रसाद जयसवाल – खुल्ला
मो. जैद आलम – युवा
परनिया देवी पटेल – महिला
रौतहट क्षेत्र नं. ३ : सात प्रतिनिधि निर्वाचित
क्षेत्र नं. ३ बाट खुला, युवा र महिला गरी सात जना प्रतिनिधिहरू महाधिवेशनका लागि निर्वाचित भएका छन्।
निर्वाचित प्रतिनिधिहरू:
केशव राय – खुल्ला
नागेन्द्र राई यादव – खुल्ला
जयराम चौधरी – खुल्ला
अरविन्द कुमार यादव – खुल्ला
जयराम यादव – युवा
सन्जु कुमारी कुशवाहा – महिला
कान्ति देवी – महिला
रौतहट क्षेत्र नं. ४ : पाँच प्रतिनिधि चयन
क्षेत्र नं. ४ बाट खुला, महिला र युवा गरी पाँच जना प्रतिनिधिहरू चयन भएका छन्।
चयन भएका प्रतिनिधिहरू:
शिव प्रसाद आचार्य – खुल्ला
रामजी शाह – खुल्ला
शकुन्तला कुमारी – महिला
मुना सुवेदी – महिला
रवि राणा मगर – युवा
रौतहट जिल्लाबाट निर्वाचित तथा सर्वसहमति रूपमा चयन भएका सम्पूर्ण प्रतिनिधिहरूलाई नेकपा (एमाले) को आगामी ११औं राष्ट्रिय महाधिवेशनमा सहभागी भई संगठनलाई अझ सबल बनाउने अपेक्षा व्यक्त गरिएको छ।






