सप्तरी ८ जेठ । सप्तरी जिल्लाको बोदे बरसाइन नगरपालिकामा करेन्ट लागेर विहिबार एक जनाको ज्यान गएको छ । होल्डरमा बत्ती लगाउने क्रममा वडा नम्बर ९ की ४० वर्षीया मिरकुन सदायको करेन्ट लागेर ज्यान गएको हो ।
करेन्ट लागेर गम्भीर घाइते भएकी सदायको उपचारको लागि बोदे बरसाइन बजारस्थित जिवन दिप हस्पिटल ल्याउने क्रममा मृत्यु भएको परिवारजनले जनाएको छ । यसअघि मंगलबार र बुधबार पनि डाक्नेश्वरी तथा खडक नगरपालिकामा एकरएक जनाको करेन्ट लागेर ज्यान गएको थियो ।
डाक्नेश्वरी-१० मा ३५ वर्षीय रन्जित कुमार साह र खडक-३ मा २२ वर्षीया बबिता कुमारी मण्डलको करेन्ट लागेर ज्यान गएको हो । साहलाई घरमा मोटर जडान गर्ने बेला करेन्ट लागेको थियो भने खेतमा घाँस काटिरहेको बेला मण्डललाई करेन्ट लागेको जनाएको छ ।