अशोक पहाडी
रौतहट,६ चैत । कोराना भाइरसको महामारीका कारण रौतहट जिल्लामा हुने बिभिन्न खेलको नियमित प्रशिक्षण समेत प्रभावित बनेको छ । रौतहट जिल्लाको चन्द्रनिगाहपुरमा नियमित रुपमा प्रशिक्षण हुने फुटबल ,कराते ,तेक्वाण्दो लगाएतका खेलको नियमित प्रशिक्षण बन्द गरिएको छ ।
अखिल नेपाल फुटबल संघ रौतहटका महासचिव मधुसुदन धितालले बिहिबार सुचना प्रकाशन गरेर अर्को सुचना नआए सम्मका लागि नियमित प्रशिक्षण तथा कुनै पनि फुटबलको प्रतियोगिता आयोजना नहुने बताएका छन् ।
विश्व व्यापी रुपमा बढदै गएको कोराना संक्रमणका कारण रौतहट जिल्ला फुटबल संघले दैनिक बिहान बेलुका हुने नियमित प्रशिक्षण समेत बन्द गरेको जनाएको छ । जिल्लाका अधिकांस खेलको नियमित प्रशिक्षण चन्द्रपुर नगरपालिकामा हुने गरेको छ ।
फुटबल संगै करातेको नियमिति प्रशिक्षण समेत केही समयका लागि स्थगित गरिएको सितोरियो करांते संघ रौतहटका सह सचिव तथा स्वयमसेवक प्रशिक्षक अर्जुन पहाडीले जानकारी दिएका छन् ।
चन्द्रपुर नगरपालिकामा नियमित बिहान बेलुका प्रशिक्षण हुने सितोरियो कराते ,वादोरियो कराते तेक्वाण्दो र फुटबलको नियमित प्रशिक्षण बन्द गरिएको हो ।