शरीरलाई तन्दुरुस्त राख्न स्वस्थ र सन्तुलित आहारको सेवन गर्नु अति आवश्यक हुन्छ । आयुर्वेदका अनुसार यदि ठीकसँग खाना खाइयो भने लामो समयसम्म रोगबाट टाढा रहनुका साथै यसले दीर्घायु पनि बनाउँछ ।
सन्तुलित आहार भनेको शरीरका लागि आवश्यक सबै पोषक तत्त्व खानेकुरामा उचित मात्रामा हुनुपर्छ । हामीले खाइरहेका खानेकुरा शरीरका लागि फाइदाजनक नै हुन्छ भन्ने हुँदैन । त्यसैले आयुर्वेदमा मानिसको ऋतु र शारीरिक संरचना ९स्वभाव० अनुसार खाने(पिउने समय तोकिएको छ । त्यसैले आयुर्वेद अनुसार के र कहिले खानेबारे जानकारी भएको खण्डमा धेरै रोगबाट बच्न सकिन्छ ।








