काठमाडौं, २९असोज
आईसीसी टी–२० विश्वकप एसिया र इस्ट एसिया–प्यासिफिक छनोटको सुपर सिक्स चरणमा नेपालले आज घरेलु टोली ओमानसँग प्रतिस्पर्धा गर्दैछ।

खेल ओमानको अल अमेरत क्रिकेट मैदानमा, नेपाली समयअनुसार राति ८ः४५ बजे सुरु हुनेछ।

यसअघि सुपर सिक्सका दुई खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई)कतारलाई पराजित गरिसकेको छ।
आजको खेलमा ओमानलाई हराउन सके नेपालले सन् २०२६ मा भारत र श्रीलंकामा हुने टी–२० विश्वकपका लागि छनोट हुनेछ।

सुपर सिक्स चरणका खेलहरू सकिएपछि शीर्ष तीन स्थानमा रहने टोलीहरूले विश्वकपमा स्थान पाउने छन्।
नेपालका लागि आजको खेललाई विश्वकपमा प्रवेश गर्ने महत्वपूर्ण अवसरका रूपमा लिइएको छ।