सरकारले सुन, चाँदी, हिरा (डायमण्ड) लगायत बहुमूल्य धातुको कारोबार बढी पारदर्शी र स्वच्छ बनाउने उद्देश्यले नयाँ नियम लागू गरेको छ।
आन्तरिक राजस्व विभागले जारी गरेको निर्देशनले अब यस्ता सामान बेच्ने वा किन्ने सबै व्यवसायीलाई कडा निगरानीमा राख्ने छ।
१) बेनामी वा फरक नाममा कारोबार गर्न पाइँदैन
अबदेखि सुन–चाँदी वा अन्य बहुमूल्य धातु किनबेच गर्ने व्यवसायीले फरक व्यक्ति, काल्पनिक नाम वा बेनामीमा कारोबार गर्न पाउने छैनन्।
२) १० लाख वा त्यसभन्दा बढीको किनबेचनमा अनिवार्य बैंकमार्फत भुक्तानी
– यदि एक पटकमा १० लाख रुपैयाँ वा बढीको बहुमूल्य धातु बिक्री गरियो भने
→ ग्राहकले नगद दिन पाइँदैन,
→ रकम ग्राहक वा उनको परिवारको बैंक खाताबाटै दिनुपर्नेछ।
यसले ठूला नगद कारोबार घटाउने र अवैध रकमको चलखेल रोक्ने उद्देश्य राखेको छ।
३) व्यवसायीले पनि आफ्नो आधिकारिक बैंक खाताबाटै कारोबार गर्नुपर्छ
– सुन–चाँदी व्यवसाय चलाउनेले
→ व्यवसायको नाममा रहेको बैंक खाताबाटै कारोबार गर्नुपर्नेछ।
→ व्यक्तिगत खाता, परिवार वा कर्मचारीको खाता प्रयोग गर्न पाइने छैन।
४) भुक्तानीमा विद्युतीय माध्यमलाई प्राथमिकता
सरकारले अब कारोबार गर्दा बैंक, मोबाइल बैंकिङ, अनलाइन ट्रान्सफर जस्ता विद्युतीय भुक्तानीलाई प्राथमिकता दिनुपर्ने बताएको छ।
५) कारोबारको विवरण १५ दिनभित्र अनिवार्य रूपमा बुझाउनुपर्छ
– व्यवसायीले गरेका सबै ठूला कारोबार (सीमा बढी हुने)
→ १५ दिनभित्र ‘गोएमएल’ प्रणालीमार्फत सरकारलाई विवरण दिनुपर्छ।
– तर, बैंक/वित्तीय संस्थामार्फत किनिएको वस्तु भए विवरण दिनुपर्दैन।
६) नियम नमान्नेहरुलाई कडा कारबाही
– पहिलोपटक: लिखित चेतावनी
– दोस्रोपटक: १० लाख जरिवाना
– तेस्रोपटक: १० देखि ५० लाखसम्म जरिवाना
– चौथोपटक: जरिवाना + व्यवसाय दर्ता खारेजी








